२०८३ जेष्ठ २३ गते शनिवार

कान्तिपुरकर्मी गोकर्ण गौतमको निधन

काठमाडौँ,मंसिर ४ । कान्तिपुरकर्मी गोकर्ण गौतमको बिहीबार निधन भएको छ ।

मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ उनको बिहीबार बिहान निधन भएको हो ।

कला,साहित्य सम्बन्धी कलम चलाउँदै आएका पत्रकार गौतमको बिहीबार बिहान साढे ११ बजे बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल०मा) निधन भएको हो ।

मष्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए ।

३१ वर्षीय पत्रकार गौतम समसामियक विषयवस्तु तथा सामजिक विषयहरुमा पनि कलम चलाउँथे । यसअघि उनी नेपाल साप्ताहिकमा कार्यरत थिए ।

गौतमको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैछ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *