दाङ, मंसिर ३ । भरुवा बन्दुकको गोली लागेर दाङमा एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नं. २ का ४१ बर्षीय भोजबहादुर घर्तीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ ।
मंगलवार बेलुका साढे ८ बजेतिर स्थानीय टोपबहादुर घर्तीबाट चलेको गोली लागेर भोजबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।
‘स्थानीय परामुनी सोतामा दूई जना मिलेर कालिजको सिकार गर्न भनि जाँदै रहेछन्,’ डिएसपी खड्काले भने ‘त्यही क्रममा टोपबहादुर लड्न पुग्दा बन्दुक पड्कन गइ भोजबहादुरको मृत्यु भएको भन्ने खुलेको छ।’
टोपबहादुरलाई नियन्त्रणमा लिइएको तथा उनी विरुद्ध कतव्र्य ज्यान शिर्षकमा मुद्दा चलाउने डिएसपी खड्काले बताए ।
प्रकाशित मिति : २०७७ मङ्सिर ३ गते बुधवार
