तुलसीपुर, मंसिर ३ । बनभोज खान गएका एक व्यक्तिको बबई नदीमा डुवेर मृत्यु भएको छ । तिहारमा भैलो खेलेर रमाईलोको लागि वनभोज खान गएका बबई गाउँपालिका वडा नं. ५ खयरभट्टीका ५५ बर्षीय अमृत खड्काको बबई नदीमा नुहाउने क्रममा डुवेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबहादुर सिंहका अनुसार घटना मंगलवार दिउँसाको हो ।
वनभोज खाएपछि रमाइलो गर्ने क्रममा नुहाउन पसेका उनी डुवेर बेपत्ता भएको र शव झन्डै एक घन्टा पछि बेलुका ४ बजेतिर मात्रै संगै गएका साथीहरु र प्रहरीले निकाल्न सकेको डिएसपी सिंहले बताए ।
प्रकाशित मिति : २०७७ मङ्सिर ३ गते बुधवार