२०८३ जेष्ठ २९ गते शुक्रवार

तनहुँमा माइक्रो दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

दमौली, मंसिर २। तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाँच घाइते भएका छन्।

पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नम्बरको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो।

उनको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए।

उनकाअनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन्।माइक्रो सडकदेखि अन्दाजी ६०० मिटर तल खसेको छ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *