२०८३ जेष्ठ २३ गते शनिवार

दाङका ७५ बर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

दाङ, मंसिर २ । दाङका एकजना कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ७५ बर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा मंगलवार विहान १० ः २० मिनेटमा मृत्यु भएको छ ।

बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ती पुरुषलाई कात्तिक २६ गते सञ्चो नभएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए । पिसिआर चेकजाँच गर्दा उनलाई कात्तिक २७ गते संक्रमन पुष्टि भएको थियो । सोही दिन उनलाई भेरी अस्पतालमा सारिएको थियो ।

उनको श्वास्थ्यमा सुधार नआएपछि उपचारका क्रममा मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिएका छन् । मृतक मुटुका विरामी समेत रहेका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *