काठमाडौं, मंसिर २ । काठमाडौंको कपन बालुवाखानी चोकमा एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
स्थानीय नारायणबहादुर बस्नेतको सोमबार राति भएको आगलागीमा परि डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका – ५ घर भएका कृष्णबहादुर तामाङको जलेर मृत्यु भएको छ ।
तामाङकी ३५ वर्षीया बहिनी बिपना तामाङ र उनका ११ महिनाका छोरा दावा तामाङ घाइते भएका छन । उनीहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
बिपना दाजुसँग तिहार मनाउन आएकी थिइन । तामाङको कोठामा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
दमकल, प्रहरी र स्थानिय बासीको सहयोगमा सोमबार राति करिब दुई बजे आगलागी नियन्त्रणमा आएको थियो।
प्रकाशित मिति : २०७७ मङ्सिर २ गते मङ्गलवार
