२०८३ असार १० गते बुधवार

थपिए १ हजार १ सय ९७ जना कोरोना संक्रमित


काठमाडौं, मंसिर १। पछिल्लो २४ घन्टामा थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख १० हजार ९७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गएको २४ घण्टामा ९ जनाको संक्रमणबाट मृत्यु पुष्टि भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २३० पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३४ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ७६ हजार ३ सय ६४ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७७ मङ्सिर १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *