२०८३ जेष्ठ २७ गते बुधवार

लमहीमा ट्रकको ठक्करवाट एक महिलाको मृत्यु

तुलसीपुर, कात्तिक ३० । दाङको लमहीमा ट्रकको ठक्करवाट एक महिलाको मृत्यु भएको छ । आइतवार विहान ६ बजेतिर लमही नगरपालिका वडा नं. १ नर्तीमा ना ६ ख ४६७ नम्वरको ट्रकले ठक्कर दिदा अन्दाजी ४० बर्षीया एक महिलाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

गम्भीर घाइते ती महिलालाई लमही अस्पताल पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ । यो खवर तयार पार्दासम्म मृतकको सनाखद हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

महिलालाई ठक्कर दिएर भागेको उक्त ट्रकलाई प्रहरीले लमही ९ रिहारस्थित चेक प्वाइन्टवाट विहान ७ बजेतिर नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । ट्रक विराटनगरवाट महेन्द्रनगर तर्फ जाँदै गरेको थियो । मृतकको शव पोष्ट मार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *