२०८३ जेष्ठ २४ गते आइतवार

तिहारमा माैसम बद्ली हुने, भाइटीकाको दिन पश्चिमका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना

काठमाण्डौ,कात्तिक २८ । यसपालिको तिहारमा मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ ।

भाइटीकाको दिन भने पश्चिमका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भाइटीकाको दिन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिए ।

तर ठूलो पानी पर्ने सम्भावना भने छैन । अरु ठाउँमा पनि सामान्य बादल लाग्दै घाम लाग्ने सम्भावना छ ।

अहिले प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी भेगमा आंशिक बद्ली रहेर बाँकी ठाउँमा सामान्यतः मौसम सफा छ ।

आज दिउँसो पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशका सबैजसो पहाडी भेगमा सामान्य खालको बादल लाग्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । भोलि र पर्सिको मौसम पनि सामान्यतया यस्तै नै रहनेछ ।

यसैबीच काठमाण्डौ उपत्यकाको आज बिहानको तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *