२०८३ जेष्ठ २७ गते बुधवार

आज काग तिहार

दाङ,कात्तिक २८ । आज काग तिहार । आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो खानेकुरा दिएर मनाइँदैछ। 

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ।

कागले यमराज समक्ष राम्रो खबर लगिदियोस भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो।

काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ।

सूर्योदयकालमा त्रयोदशीको दिन काग तिहार मनाउनुपर्ने शास्त्रसम्मत उल्लेख छ । त्यही अनुरुप आज  काग तिहार मनाउने निर्णय भएको  नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । 

कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरू हुने यमपञ्चक भने बिहीबार नै सुरू भएको छ। 

यस वर्ष तिथिको घटबढका कारण कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरू हुने यमपञ्चक बिहीबार बेलुकीदेखि नै सुरू भएको हो। 

यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने पर्व पनि आज नै परेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *