२०८३ जेष्ठ २३ गते शनिवार

बालबालिका अपराधमा प्रयोग हुन नदिए सबै सजग बनौं – डिएसपी सिंह


तुलसीपुर, कात्तिक २७ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिववहादुर सिंहले आपराधिक कार्यमा बालबालिकाहरुको प्रयोग हुनु चिन्ताको विषय भएको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै डिएसपी सिंहले त्यस्ता बालबालिकालाई मानसिक ९.गले समेत उपचार गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘आज पनि लहलहैमा केयौ बालबालिकाहरु अपराधमा लागिरहेका छन्,’ डिएसपी सिंहले भने ‘ त्यो नियन्त्रण गर्नका लागि अभिभावक, समाज र शिक्षण संस्था गम्भीर हुन जरुरी छ ।’इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख जनक भण्डारीले बालविवाह र बालश्रम जस्ता समस्या समाधान गर्न सबैले हातेमालो गर्नुपर्ने बताए ।

तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेले भोलिको समाजलाई राम्रो वनाउन आज बालबालिकालाई उपयुक्त वातावरण दिनुपर्ने जोड दिए । कार्यक्रममा बालरोग विशेषज्ञ डा. किशोर खत्रीले सानोमा राम्रोसँग स्याहार नगर्दा भविष्यमा ठूला खालका समस्या देखिने गरेको भन्दै बालबालिकाको स्याहारमा विशेष ध्यान दिन सुझाए ।

स्थानीय बाल अधिकार समितिका अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा गैरसरकारी संस्था महासंघकी नानीमैया वली, न्यायिक समिति सदस्य यमुना परियार, शिक्षा महाशाखा अधिकृत चक्र भण्डारी , शाखा अधिकृत माया श्रेष्ठ लगायतले सुझाव राखेका थिए । कार्यक्रममा शाखा प्रमुख विष्णु आचार्यले समिति गठनको अवधारणाका बारेमा सुझाव दिएकी थिइन् ।

यसैबीच ९५ औ कार्यपालिकाको बैठकले वडाध्यक्ष नवराज लामिछानेलाई स्थानीय बाल अधिकार समितिको अध्यक्ष चयन गरेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *