२०८३ जेष्ठ २४ गते आइतवार

५६ लाख खर्चेर तुलसीपर बजारका खाल्डाखुल्डी पुरियो

तुलसीपुर,कात्तिक २७ । ५६ लाख खर्चेर तुलसीपुर बजार क्षेत्रमा खाल्डाखुल्डी पुरिएको छ ।उपमहानगरपालिका अन्तरग वडा नम्वर ५ र ६ मा सडकमा परेका खाल्डाखुल्टी पुरिएको ईन्जिनियर पवन कुमार योगीले जानकारी दिए । त्यो काम सडक नेपाल बोर्डमार्फत सडक मर्मत संहारका लागि विनियोजन भएको बजेटबाट गरिएको हो ।

गत आर्थिक वर्ष ०७६÷०७७ मा त्यसका लागि बजेट स्वीकृत भएपनि कोरोना महामारीका काम हुन सकेको थिएन । यद्यपी त्यसका लागि गत फागुनमा ७७ लाखको टेन्डर आह्वान भएको थियो ।

काम भैरव निर्माण सेवा कम्पनीले भ्याट सहित ५६ लाख बजेटमा गरेको ईन्जिनियर योगीले जानकारी दिए । पन्ध्र हजार स्क्वायरमिटर सडक मर्मत गरिएको योगीले जानकारी दिए । काम दशंै अगाडिबाट सुरु भएको थियो ।

तुलसीपुर सुन्दर वनाउँछौ ः नगरप्रमुख पाण्डे
नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर बजार क्षेत्रलाई सुन्दर वनाउने गरी उपमहानगरले काम अगाडि वढाएको वताएका छन् । उनले मुख्य सडकका किनारामा यसैवर्ष फुटपाथ वनाइने जानकारी दिए । प्रदेश सरकारबाट सहर सौन्दर्यीकरणका लागि वजेट आएको उनले बताए ।

सिसी टिभी र सडक वत्ति जडानको काम कोरोनाका कारण पछाडि धकेलिएको र अब केही दिनमै काम हुने उनले आश्वासन दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *