२०८३ जेष्ठ २३ गते शनिवार

मोटरसाइकल दुर्घटना ः बाँकेमा दाजुभाइको ज्यान गयो

बाँके,कात्तिक २७ । बाँकेको राप्ती सोनारी गाउँपालिका २ मा मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको ज्यान गएको छ ।

दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका ३ को नेउलापुरका २२ वर्षीय आशिष थारू र १९ वर्षीय सौरभ थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको मुगुवा खोला नजिकै मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

राजमार्गमा रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिम गइरहेको ना ५५ प ९७५६ को मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दाजुभाइको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका दाजुभाइलाई उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमा ज्यान गएको हो ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *