२०८३ जेष्ठ २४ गते आइतवार

रौतहटमा गोली हानेर १८ बर्षीया किशोरीको हत्या

काठमाडौं, कात्तिक २७ । रौतहटमा गोली हानेर एक किशोरीको हत्या भएको छ।

जिल्लाको माधवनारायण नगरपालिका वडा नं। ७ लौकाही निवासी १८ वर्षिया अमृता कुमारी साहको कञ्चटमा गोली हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनीमाथि गए राति करिब ११ बजेतिर गोली प्रहार भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार अमृताको विवाह गत वर्ष भएको थियो ।

सर्लाही मधुवनगोठका रूपेश साहसँग गत वर्ष फागुनमा विवाह भएको केही समयपछि उनी माइतीमा बस्न थालेकी थिइन ।

त्यसपछि गत असारमा अमृताले श्रीमानसँग सम्वन्ध विच्छेद गरेकी थिइन । उनको हत्या कसले र किने गरेको हो ? भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
हत्याराको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *