तिर्थराज ज्ञवाली, मसुरीया, कात्तिक २६ । कोरोना संक्रमन बढ्न थालेपछि राप्ती गाउँपालिकाले फेरि विद्यालय वन्द गरेको छ ।
पालिका भित्रका विभिन्न वडा र समुदायस्तरमा संक्रमण देखिएपछि पुनः विद्यालय वन्द गर्नु परेको सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ ।
पालिकाले कात्तिक २७ गतेदेखि मंसिर ६ गतेसम्म विद्यालयहरु बन्द गर्न सूचना प्रवाह गरेको छ ।
उस्ले पालिका बासी सबैलाई सजग रहन अनुरोधपनि गरेको छ ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले बुधवार एक सार्वजनिक सूचना प्रकासित गर्दै कोरोना त्यस्तो आग्रह गरेको हो ।
जसमा सजक रहन आग्रह गर्दै उसले तिहार, छठ पर्व सावधानी पूर्वक मनाउन आग्रह गरेको छ ।
बुधवार बसेको सामाजिक विकास समितिको बैठकले विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
