२०८३ असार १३ गते शनिवार

घोराहीवाट चितुवाको छाला र साढे ३ केजी बढी अफिमसहित २ युवा पक्राउ

तुलसीपुर,कात्तिक २६ । दाङको घोराहीवाट एउटा चितुवाको छाला र साढे ३ केजी बढी अफिमसहित दूई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नं। १२ हापुर निवासी २६ बर्षीय मधु डाँगी र प्यूजान जिल्लाको नौंबहिनी गाउँपालिका वडा नं। ५ निवासी २७ बर्षीय धनसिंह टमाटा रहेका छन् ।

पक्राउ परेका युवाहरुको साथवाट ६ फिट ११ इञ्ज लामो चितुवाको छाला र ३ किलो ७ सय ५० ग्राम अफिम बरामद भएको छ ।

गोप्य सूचनाको आभारमा मंगलवार बेलुका ८ बजेतिर उनीहरुलाई घोराही ८ बन्गाउँ गउँबाट पक्राउ गरिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

पक्राउ परेकाहरुमा माथि आवश्यक अनुसन्धान भइरहेको एसपी चन्दले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *