२०८३ जेष्ठ २४ गते आइतवार

बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट र गलौज गर्ने ३ धामी झाँर्की पक्राउ

 

दाङ, कात्तिक २६ ।  प्रहरीले बोक्सीको आरोपमा महिलालाई गालीगलौज र कुटपिट गर्ने तीन जना धामी झाँर्कीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले दूई दुई फरक घटनामा महिलालाई बोक्सीको आरोप लगाउने र कुटपिट गर्ने तीन आरोपीलाई पक्राउ गरिएको फरककोणलाई बताए ।

पक्राउ पर्नेमा तुलसीपुरका एकजना पुरुष र घोराहीका दूई महिला रहेका छन् ।

तुलसीपुर उपमहानरपालिका वडा नं। ५ निवासी देबहादुर परियारले बोक्सी भन्दै स्थानीय संगितनगर ३० वर्षीया एक महिलालाई टोलका गालीगलौज गर्नुका साथै कुटपिट गरेको प्रहरीमा उजुरी परेपछि परियार पक्राउ परेका हुन ।

उनले ती महिलालाई कात्तिक १५ गते मध्य रातमा मदिरा सेवन गरेर घरमै गएर बोक्सीको आरोप लगाउँदै गाली गलौज र कुटपिट गरेका थिए ।

त्यस्तै घोराही उपमाहानगरपालिका वडा नं। १६ निवासी स्थानीय ४५ बर्षीया नौमती महरा र २८ बर्षीया दिपा बाठा मगरपनि पक्राउ परेका छन् ।

कात्तिक २१ उनीहरुले पनि धामी झाँक्रीको भेषमा काम्दै स्थानीय दूई महिलाको घरमै गएर बोक्सी भन्दै गाली गलौज गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरिएको डिएसपी खड्काले बताए ।

‘ तुलसीपुरमा पुरुषले महिलालाई र घोराहीमा महिलाले महिलालाई बोक्सीको आरोप लगाउँदै गालिगलौज गर्नुको साथै हातपात समेत गरेको भन्ने पीडितको जाहेरीको आधारमा पक्राउ गर्नु परेको हो,’ जिल्ला प्रहरी प्रबक्ता खड्काले भने ‘ पक्राउ परेकाहरु माथि आवश्यक अनुसन्धान जारी छ ।’

कानुले कसैलाई पनि बोक्सीको आरोप लगाउन वा दुब्र्यबहार गर्न नपाउने व्यवस्था गरेका छ ।

 

 

 

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *