२०८३ जेष्ठ २३ गते शनिवार

दाङ प्रहरीले ७ महिनामा ४४ फरार प्रतिवादी पक्राउ ग¥यो

उनीहरुलाई १ सय ३५ बर्ष बढी कैद र ३ लाख ८१ हजार बढी जरिवाना हुने


तुलसीपुर, कात्तिक २५ । दाङ प्रहरीले वितेको ७ महिनाको अवधिमा ४४ जना फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न मितिमा अपराधिक कार्यमा संलग्न भएका र अदालतबाट दोषी करार भएका उनीहरुलाई बैशाख १ गतेदेखि कार्तिक २५ गतेसम्म पक्राउ गरिएकोे हो ।

फरार प्रतिवादी खोजी गर्ने क्रममा सात महिनाको अवधिमा ४४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

पक्राउ परेका मध्य कर्तव्य ज्यान मुद्दाका ६, ज्यान मार्ने उद्योमा २ , सवारी ज्यानमा २, जबरजस्ती करणी ५, मानव बेचविखन १, लागु औषध ४, बहुविवाह २, चोरी १० , लेनदेन ३, सार्वजनिक अपराधमा ६ र वन सम्वन्धि अपराधमा संलग्न २ जना रहेका छन् ।

सात महिनाको अवधिमा ४४ जना फरार प्रतिवादीलाई पक्राउ गरि सजाय भुक्तानको अदालत पेश गरेको र अदालतको आदेशमा दोषीहरुलाई सजाय भूक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रवक्ता खड्काले बताए ।

उनीहरुलाई १ सय ३५ बर्ष ८ महिना १ दिन कैद सजाय र ३ लाख ८१ हजार ८ सय ६६ रुपैंया जरिवाना हुने प्रबक्ता खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *