
तस्विर – सञ्तोष कुमार गुप्ता
तुलसीपुर , कात्तिक २५ । दाङमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एउटै मोटरसाईकलमा सवार तीन युवाको मृत्यु भएको छ । पश्चिमवाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्वरको ट्रकले विपरित दिशा तर्फ आउँदै गरेको रा ५ प ६७३७ नम्वरको मोटर साईकललाई मंगलवार बेलुका साढे ८ बजेतिर मौरीघाट नजिकै ठक्कर दिदा मोटरसाईकलमा सवार तीन युवाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले तीनै जना युवाको लमही अस्पतलमा मृत्यु भएको जानकारी दिए । मृतकको उमेर अन्दाजी २५ देखि ३० बर्षको बीचमा रहेको अनुमान गरिएको भएपनि यो खवर तयार पर्दासम्म कसैको पनि सनाखद भइनसकेको प्रबक्ता खड्काले जानकारी दिए ।
पूर्ववाट पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा लमहीवाट भालुवाङ जाँदै गरेको ट्रकले विपरित दिशा तर्फ आउँदै गरेको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकपनि सडकमै पल्टिएको प्रहरीले जानकारी दिएको छ ।