२०८३ जेष्ठ २३ गते शनिवार

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नजिक

मंगलवार थपिए २ हजार ७ सय ३६ संक्रमित

काठमाडौं, कात्तिक २५ ।  मंगलबार थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ।

कोरोनाका कारण वितेको २४ घण्टामा २२ जनाको मृत्यु भएको छ।

यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ।

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *