२०८३ असार १३ गते शनिवार

बैंकका सबै शाखाहरु कार्तिक २९ गतेबाट बन्द हुने

काठमाडौं, कार्तिक २५। तिहार बिदामा बैंकहरूले सबै शाखा बन्द गर्ने भएका छन् ।

कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकहरूको सम्पूर्ण शाखा बन्द हुने नेपाल बैकर्स संघले जनाएको छ । तर डिजिटल कारोबार र एटीएम सेवा भने नियमित रहने बैंकहरूले जनाएका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड९१९ को संक्रमण मुलुकमा पनि बढ्दै गएको र पछिल्ला केही दिनमा सो संख्या झन् बढ्दै गएको भन्दै तिहार बिदामा बैकहरूले सबै शाखा बन्द गर्ने जनाएका हुन् ।

यस्तै दसैँ बिदामा पनि बैंकहरुले सम्पूर्ण शाखा बन्द गरेका थिए ।

अहिले बैंकका ६ हजारभन्दा धेरै कर्मचारी कोरोना संक्रमित भइसकेका छन् ।

कोरोना संक्रमणबाट बच्‍न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न बैकर्स संघले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *