२०८३ जेष्ठ २७ गते बुधवार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भण्डारी पक्राउ

तुलसीपुर, कात्तिक २४ । दाङ प्रहरीले एक जना कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा निवासी ४७ बर्षीय लिलाधर (खिमबहादुर) भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

कटाँहाकै एकजना व्यक्तिको हत्या गरेको अभियोगमा सर्वौच्च अदालतले भण्डारीलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २०६१ साल चैत २९ गते ५ बर्षको कैद तोकेको थियो । अदालतको फैसला लगतै फरारको सूचिमा रहेका भण्डारीलाई खोज तलास गर्दै जान क्रममा कात्तिक २३ गते विहान साढे १० बजेतिर घरवाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

प्रतिवादी भण्डारीलाई सोमवार प्रहरीले दाङ देउखुरी जिल्ला अदालतमा पेश गरेको र अदालतको आदेश अनुसार तोकिएको कैद सजाय भुक्तानी गर्नको लागि कारागार चलान गरिएको डिएसपी खड्काले बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *