२०८३ जेष्ठ २२ गते शुक्रवार

चाडपर्व नजिकिदै गर्दा बिजौरीमा अनुगमन

बिजौरी,कात्तिक २४ । चाडपर्व नजिकिदै गर्दा दाङको बिजौरीका अधिकांस पसलहरु दर्ता बिहीन रहेको पाइएको छ ।

सोमबार तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले अनुगमन गरेको छ ।

उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेबा रावतको संयोजकत्वमा वडा नम्बर १८ का वडाध्यक्ष माधब वली, उपभोक्ता हित अधिकार मंचका अध्यक्ष केशव कुमार शर्मा, बिजौरी उद्योग बाणिज्य संघका महासचिव बिदुर गौतम, हेमन्तपुर प्रहरी चौकीका इन्चार्ज इन्द्र पाल, साक्षी खबर पत्रिकाका सम्पादक राकेश बस्नेतलगायतको टोलीले बिजौरी बजार अनुगमन गरेको छ ।

अनुगमनका क्रममा उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा अनुगमनमा गएको टोलीले बिजौरीका पसलहरुमा मुल्य सुची राख्न, पसलको नामसहतिको साइनबोर्ड राख्न, उपमहानगरपालिकामा अनिवार्य पसल दर्ता गर्ने र फेन्सी पसलहरुले आफ्ना सामानहरुमा खारिदको बढिमा २० प्रतिशत उपभोक्ताले बुझ्ने गरी मुल्य सुची राख्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

साथै अनुगमन टोलीले म्याद नाघेका खाद्यान्न वस्तुहरु विक्रि वितरण नगर्न समेत व्यापारीहरुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *