२०८३ जेष्ठ २३ गते शनिवार

घोराहीमा नेविसंघ घोराहीद्वारा रक्तदान

दाङ,२४ कार्तिक । घोराहीमा रहेको रक्त सञ्चार केन्द्रमा ब्लडको अभाव भएपछि नेपालमा विद्यार्थी संघले रक्तदान गरेको छ । 

नेपाल विद्यार्थी संघ घोराही नगर समितिको आयोजनामा घोराहीमा रहेको रक्त सञ्चार केन्द्रमा २५ जनाले रक्तदान गरेको नेपाल विद्यार्थी संघ घोराही नगर सभापति निरज पाण्डेयले जानकारी दिएका छन् । 

ब्लडको अभावमा कुनै पनि विरामीले समस्या भोग्न नपरोस भन्ने उद्देश्यले आफुहरुले रक्तदान गरेको समेत नगर सभापति पाण्डेयले बताएका छन् । कोरोना भाइरसका कारण रक्तदानका कार्यक्रमहरु हुन नसक्दा रक्त सञ्चार केन्द्रमा पटक पटक व्लडको समस्या हुदै आएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *