२०८३ असार ११ गते बिहिवार

बर्दियाको नरभक्षी बाघ डार्ट गरि नियन्त्रणमा लिइयो

फाइल तस्विर

दाङ,कात्तिक २४ । बर्दियाबाट नरभक्षी बाघ डार्ट गरि नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले आइतवार दिउँसो डार्ट गरि (गोली हानी लठ्याएर) नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।

निकुञ्जको मध्यबर्ती क्षेत्र राजिपुर क्षेत्रवाट उक्त बाघ नियन्त्रणमा लिइएको अधिकारीले बताए ।
बर्दियाको गेरुवा गाउँपापलिका वडा नं. ४ राजिपुर निवासी ५८ बर्षीय लाहानु थारुको बाघको आक्रमणवाट मृत्यु भएको थियो ।

नियन्त्रणपछि उक्त भाले बाघलाई हाल बर्दिया राष्ट्रिय निकुञ्जमा राखिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रशाद श्रेष्ठले कात्तिक १५ गते राजिपुर क्षेत्रमा बाघको आक्रमणवाट एकजनाको मृत्यु भएपछि कात्तिक १६ गतेदेखि निकुञ्जका प्राविधिक खटाइएको र एक हप्ता पछि डार्ट गरि बाघ समाप्न सफल भएको जानकारी दिए ।

नियन्त्रणमा लिइएको भाले बाघलाई काठमाडौंस्थित चिडिया खानामा पठाउने बारे छलफल भएपनि एकिन भइ नसकेको उनले जानकारी दिए । काठमाडौंको चिडाखानाले लैजान संभव नभए उक्त बाघलाई बर्दिया निकुञ्जको ठाकुरद्धारास्थित केजमा राखिने श्रेष्ठले बताए ।

बाघको आक्रमणबाट बर्दिया मध्यबर्ती क्षेत्रमा एक महिनाको अवधिमा ५ जना सर्वसाधारणको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *