लमही,कात्तिक २३ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा उद्योगी व्यवसायी नेताहरु दाङबाट पूर्व तर्फ लागेका छन् ।
देउखुरीको टिकुली गढमा शनिवार उनीहरुले चुनावी अभियान गरेपछि पूर्व तर्फ लागेका हुन । महासंघमा हालका उपाध्यक्ष चन्द्रराज ढकाल बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
उनकैको टिम पश्चिम नेपालमा चुनावी प्रचारप्रसार सकेर लुम्विनीको राजधानी दाङ देउखुरीमा आएर चुनावी सभा गरेको हो । जहाँ दाङ लगाएत आसपासका जिल्लाहरुका व्यापारिक नेताहरु संग छलफल गरि उनीहरु पूर्व तर्फ लागेका छन् ।
ढकालले मुलुकको आर्थिक समृद्धिसंगै लुम्विनी प्रदेशको आर्थिक समृद्धि र बिकासका लागि आफुहरुले बृहत योजना ल्याउने त्यसक्रममा आश्वासन दिएका छन् । ढकालले स्वर्गद्धारीमा केवलकारको योजनालाई साकार बनाउन लगामीमैत्री वातावरण बनाउने आफ्नो जिम्मा भएको बताए ।
आफुहरुले लगानीमैत्री वातावरण खोजिरहेको अवस्थामा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमणले केही असहज परिस्थिति उत्पन्न समानुपातिक विकाशमा आफुहरु सधै लागि रहने उनले विश्वास दिलाए । ‘तपाइहरुको ठाउँको लोकप्रिय र होनहार नेता विमलजिसंगै म छु,’ ढकालले भने ‘उहांहरुको सहकार्यमा हामीले यो क्षेत्रको विकाश निर्माणका काम गर्ने छौं।’

समस्त विकाश प्रेमी उद्योगी व्यवसायीहरु एउटै नारा लिएर चुनावी मैदानमा होमिएको उनले बताए । दाङबाट विमल रिजाललाई जिताए पछि र केन्द्रमा आफुले चुनाव जिते पछि आर्थिक समृद्धिको नयाँ खाका लिएर अगाडि बढ्ने उनले विश्वास दिलाए । चुनावी अभियानमा महासघका पुर्ब अध्यक्ष चण्डिराज ढकाल पनि चुनावी माहौलमा उत्रियका छन् ।
चन्द्र ढकालको विजय आम इमान्दार व्यवसायीहरुको जिजय भएको उनले बताए । त्यस्तै उनले क्षेत्रगत रुपमा पनि विमल रिजालको केन्द्रीय सदस्यको उम्मेदवारी दिएको बताए । ताप्लेजुङदेखि दार्चुला सम्मका आम उद्योगी व्यवसायीहरुको चुनावी अभियानमा दूई दर्जन भन्दा बढी केन्द्रिय सदस्यका उम्मेदवारहरुको दाङमा उपस्थिति रहेको थियो ।
मेरो उम्मेदवारी व्यवसायीक हक हितका हो ः केन्द्रीय सदस्य पदमा उम्मेदवार रिजाल
सोही कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्यसंघका प्रत्यासी विमल रिजालले सवै क्षेत्रका व्यवसायीहरुको आर्थिक समृद्धिका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् ।
टिकुली गढमा पत्रकारहरुसंग संक्षिप्त कुरागदै रिजालले महांसंघको इज्जत बढाउन र साना तथा मझ्यौला व्यवसायीहरुको बृत्तिविकाशका लागि आफुले महासंघमा नेतृत्व गर्न चाहेको बताए ।
‘हामी उद्योगी व्यवसायीका धेरै समस्याहरु छन । भिसिटिएरको कुरा होस वा स्थानीय कर र द्धयध करका विषय होस हामी त्यसको उचित व्यवस्थापनका लागि पहल गर्ने छौं ,’ रिजालले भने ।
चुनावी माहोलमा सवैको ऐकेबद्धता औद्योगिक समृद्धि रहेको उनको भनाई थियो । उनले देउखुरीलाई लुम्विनी प्रदेशको राजधानी दाङ देउखुरीलाई उद्योग वाणिज्य महासंघले समन्वय गरी व्यापारीक केन्द्र बनाउने बताए ।
कोरोना भाइरसको संक्रमणका कारण पटक÷पटक अधिवेशन सरीरहेको अवस्थामा आउंदो मंसिर १० देखि १३ गते सम्म अधिवेशनको मिति तोकिएको छ । त्यही भएर आफ्नो पक्षमा परिणाम पार्न उद्योगी नेताहरु देश दौडाहामा तल्लिन बनेका हुन ।
