२०८३ जेष्ठ २९ गते शुक्रवार

जाजरकोटका २ व्यक्ति रुकुमबाट १२ केजी अफिमसहित पक्राउ

 

दाङ,कात्तिक २१ । जाजरकोट जिल्लाका दूई व्यक्ति रुकुम पश्चिम जिल्लामा  १२ केजी अफिमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट जिल्लाको नलगाड  नगरपालिका वडा नं. ८ निवासी ४६ बर्षीय मालबहादुर सिंह र सोही ठाउँ निवासी ६० बर्षीय कालिबहादुर सिंह रहेका छन् ।

उनीहरु रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं. ९ राडी बजारस्थित धिरेन्द्र शाहको घरवाट पक्राउ परेका हुन । जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक हरि वलीका अनुसार उनीहरुलाई शाहको घरमा कोठा भाडामा बस्दै आएका थिए । 

लागु औषधको कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरु बस्ने कोठामा छापा मारेर लागु औषधसिहत उनीहरुलाई शुक्रवार विहान पक्राउ गरिएको  प्रहरी निरिक्षक वलीले जानकारी दिए । 

पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुस भइरहेको प्रहरीले बताएको छ । उनीहरुका विरुद्ध लागु औषध कारोवार सम्वन्धि मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *