२०८३ जेष्ठ २४ गते आइतवार

पत्रकार सीतारामप्रसाद बर्माको निधन

धादिङ,कात्तिक २१ । धादिङका पत्रकार सीतारामप्रसाद बर्माको निधन भएको छ ।

उनको उपचारका क्रममा ७९ वर्षका उमेरमा निधन भएको हो । किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए ।

उनी केही दिनअघि कोरोना सङ्क्रमणबाट भने निको भएका थिए । नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए ।

गोरखा पुर्ख्यौली थलो भएर धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी छन । उनको आजै पशुपति आर्यघाट अन्त्येष्टि गर्ने तयारी छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *