२०८३ जेष्ठ २९ गते शुक्रवार

लमहीका ६४ बर्षीय कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु

दाङ,कात्तिक २० । दाङ लमहीका एक कोरोना संक्रमित पुरुषको नेपलागञ्जमा मृत्यु भएको छ । लमही नगरपालिका वडा नं. १० निवासी ६४ बर्षीय  पुरुषको भेरी अस्पताल नेपालगञ्जमा विहीवार राति ९ बजे मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

उनलाई कात्तिक १४ गते  कोरोना संक्रमन पुष्टि भएको थियो । राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा संक्रमन पुष्टि भएपछि उनी बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थिए । 

तर स्वास्थ्य अवस्था थप जटिल बन्न थालेपछि कात्तिक १९ गते बेलुका उनलाई नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको त्यही मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *