२०८३ जेष्ठ २७ गते बुधवार

तुलसीपुरले पिसिआर मेसिन खरिद गर्ने

तुलसीपुर,कात्तिक २० । कोरोना संक्रमणको दर वढ्दै गएपछि तुलसीपुर उपमहानगरपालिकाले कोरोना परीक्षण गर्ने पिसिआर मेसिन खरिद गर्ने भएको छ ।

परीक्षणका लागि घोराहीसम्म जानुपर्ने वाध्यता छ । त्यसैले कार्यपालिकाको ९५ आंै बैठकले पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको छ ।

‘कोरोना चेकजाँच गर्न घोराहीसम्म जाँदा संक्रमण हुने र फैलने त्रास कायमै रहन्छ,’ नगर प्रमुख घनश्याम पाण्डेले भने ‘ त्यही भएर तुलसीपुरमै पिसिआर मेसिन राखेर कोरोना चेकजाँच गर्ने उदेश्यका साथ मेसिन खरिद गर्न लागिएको हो ।’

उनले उक्त मेसिन व्यवस्थापन र सञ्चालन गर्न सबैको सहयोग लिने जानकारी दिए । त्यसका लागि उद्योगी व्यवसायीबाट सहयोगको प्रतिवद्धता समेत आइसकेको उनले बताए ।

त्यस्तै नगर कार्यपालिकाको बैठकले आइसियू स्थापना गर्ने निर्णय समेत गरेको छ । लक्षण देखिएका विरामीको संख्या वढेसँगै आइसियुको अभाव हुने कुरालाई मध्यनजर गरेर स्थापना आइसियू स्थापना गरिने नगर प्रमुख पाण्डेले वताए ।

तुलसीपुरको प्रादेशिक अस्पताल र उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो अस्पतालमा ६ बेडसम्मको आइसियू बेड स्थापना गरिने बताए ।

त्यसका लागि उपमहानगरपालिकाले स्थापना गरेको मेयर विपद् व्यवस्थापन कोषलाई परिचालन गरिने भएको छ ।

पछिल्लो समय लक्षण देखिएको संक्रमितको संख्या वढ्दै गएपछि आइसियू बेडको अभाव भइरहेको छ ।

त्यस्तै उपचार गर्न नसक्ने संक्रमितको उपचार समेत उपमहानगरपालिकाले गरिदिने भएको छ । लक्षण देखिएका विपन्न वर्गका विरामीको कोरोना चेकजाँच पनि गर्ने निर्णय कार्यपालिका बैठकले गरेको नगर प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिए ।

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शब व्यवस्थापनका लागि सम्वन्धित वडालाई जिम्मेवारी दिने निर्णय पनि गरिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *