दङ्गिशरण २० कात्तिक । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दाङको दंगशिरण गाउँपालिकाको कार्यालय एक साताका लागि बन्द भएको छ ।
गाउँपालिकाको कार्यालय हेकुलीमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएकाले भोलि २१ गते देखि २७ गते सात दिन सम्म कार्यालयको सेवा बन्द हुने भएको हो ।
गाउँपालिकाका आज एक विज्ञप्ती जारी गरी गाउँपालिकाको कार्यालय र मातहत शाखाहरुबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेक अन्य सेवा एक साता बन्द हुने उल्लेख गरिएको छ ।
गाउँपालिकाका उपाअध्यक्ष पिमाकुमारी वलीद्वारा हस्ताक्षर बिज्ञप्तीमा गाउँपालिका एक साताका लागि बन्द हुने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार