२०८३ जेष्ठ २२ गते शुक्रवार

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

तुलसीपुर, कात्तिक २० । सवारी ज्यान मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी २१ बर्षीय कालिराम चौधरी पक्राउ परेका हुन ।

उनलाई सवारी ज्यान मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले गत साल पुुस २१ गते दोषी ठहर गर्दै १ महिना ७ दिन कैद र २ हजार रुपैंया जरिवना तोकेको थियो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार अदालतको उक्त फैसला लगतै फरार रहेका चौधरीलाई खोज तलास गर्ने क्रममा खोज तलास गर्ने क्रममा बुधवार विहान पक्राउ परेका थिए ।

चौधरीलाई पक्राउ परेकै दिन अदालतमा पेश गरिएको र अदालतको आदेश अनुसार तोकिएको सजाय भुक्तानी गर्नका लागि कारागार चलान गरिएको डिएसपी खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *