२०८१ चैत्र १३ गते बुधवार

असफल बन्दै सरकारः काँग्रेस नेतृ संग्रौला

घोराही, २१ मंसिर ।
नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले सरकार आफ्नै दम्भका कारण असफल बन्दै गएको बताएकी छन् । महिला नेतृत्व विकास संगठन विस्तार तथा सुदृढीकरणको प्रशिक्षण कार्यक्रमको बिहीबार घोराहीमा उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । सरकारले नौ महिने कार्यकालमा नौ वटा पनि काम गर्न नसकेको भन्दै जनताले महंगी र सास्ती मात्रै पाएको उनको भनाइ छ । पछिल्लो समय भ्रष्टाचार मौलाएको भन्दै उनले भनिन– नेता मोटाउने र जनता दुब्लाउने खेल शुरु भएको छ । सरकारले कर बढाएर जनतालाई राहत दिनुको साटो सास्ती दिएको उनको भनाई छ ।

छिल्लो समय निर्मला हत्याकाण्डका दोषीलाई कानुुनको दायरामा ल्याउन नसक्दा सरकार झनै असफल भएको छ । निर्मला पन्तको पोष्टर च्यातिनुु र सञ्चारमन्त्रीले निर्मलाको न्यायको निम्ति कुुनै पनि समाचार प्रकाशन, प्रसारण नगर्नुु भन्ने अभिव्यक्तिले पनि निर्मला हत्याकाण्डका दोषी सरकारको छत्रछायाँमा छन् भन्ने प्रष्ट भएको संग्रौलाले बताइन् ।


वर्तमान सरकारले न यातायातमा सिण्डिकेट तोड्न पनि सक्यो न त भ्रष्टाचारी नियन्त्रण गर्न नै सक्यो उनले भनिन्– पछिल्लो घटनालाई हेर्दा एसिया प्यासिपीक सम्मेलनको नाममा प्रधानमन्त्रीले ओलीले देशको साख र इज्जतमा दाग लगाएको बताइन् । नेतृ संग्रौलाले देश संघीय व्यवस्थामा गएको लामो समयसम्म पनि नागरिकले परिवर्तनको अनुुभूति गर्न नसकेको भन्दै सरकार कामभन्दा गफमा व्यस्त भएको बताईन् । उनले भनिन–सरकारले न्यायपालिकाको स्वतन्त्रतामाथि नै हस्तक्षेप गरेको छ । उनले समाचार तथा सूचनाको माध्यमबाट जनतालाई सूसुचित गर्ने पत्रकारलाई सरकारले हतकडी लगाएको बताईन् । प्रधानमन्त्री वलीले सरकारको गलत न्युज सम्प्रेषण नगर्नु भन्ने कारणले पनि प्रेस स्वतन्त्र हुनुपर्छ भन्ने मान्यतालाई सरकारले तोडेको छ उनले भनिन् ।

पछिल्लो समय निर्मला हत्याकाण्डका दोषीलाई कानुुनको दायरामा ल्याउन नसक्दा सरकार झनै असफल भएको छ । निर्मला पन्तको पोष्टर च्यातिनुु र सञ्चारमन्त्रीले निर्मलाको न्यायको निम्ति कुुनै पनि समाचार प्रकाशन, प्रसारण नगर्नुु भन्ने अभिव्यक्तिले पनि निर्मला हत्याकाण्डका दोषी सरकारको छत्रछायाँमा छन् भन्ने प्रष्ट भएको संग्रौलाले बताइन् ।

नेतृ संग्रौलाले निर्मला पन्तको हत्यामा संलग्नलाई छिटोभन्दा छिटो कानुनको दायरामा ल्याउन माग गरिन् । देशमा निर्मलाजस्तै धेरै बालिका बलात्कार तथा हत्याको सिकार हुुँदा पनि सरकार मौन भएको भन्दै उनले निर्मलाको न्यायको निम्ती आन्दोलनको विकल्प नभएको बताएकी छन् । यसैबीच उनले समाजमा महिला सहभागिता सुनिश्चितता महिला नै जागरुक बन्नुपर्ने बताईन् । सशक्त महिला निर्माण गर्न आवश्यक रहेको भन्दै उनले प्रशिक्षण कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताईन् ।

यस्तै कार्यक्रममा निवर्तमान सांसद राजु खनालले पार्टीको सुदृढीकरण र विकासको लागि यस्तो प्रशिक्षणको आवश्यकता रहेकोमा जोड दिएका छन् । उनले महिलाले अधिकार रक्षाका लागि आफै सक्षम बन्न आवश्यक रहेको बताए । उनले भने– महिला शक्तिको श्रोत हो, उर्जालाई देखाउनु पर्ने समय आएको बताए ।

यसैबीच दाङमा महिला नेतृत्व विकास संगठन विस्तार तथा सुदृढीकरणका लागि दुईदिने प्रशिक्षण शुरु भएको छ । नेपाल महिला संघ दाङको आयोजनामा गरिएको दुईदिने प्रशिक्षणको कार्यक्रमको आयोजना गरिएको हो । नेपाल महिला संघ दाङका अध्यक्ष गोमा रावंतको अध्यक्षता तथा नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाको प्रमुख आतिथ्यता एवं निवर्तमान सासंद राजु खनाल र जिल्ला सभापति कीर्तिबहादुर खड्काको विशिष्ट आतिथ्यतामा प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको हो ।

प्रकाशित मिति : २०७५ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *