२०८३ जेष्ठ २९ गते शुक्रवार

पूर्वी नवलपरासीमा सुख्खा पहिरोले सडक निर्माणमा खटिएका ५ मदजुरको मृत्यु

बुटवल, कार्तिक १९ ।  कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा ५ जना मजदुरको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, २० वर्षीय ताराबहादुर लुङ्गेली, २० वर्षीय चेतबहादुर अस्लामी,२९ वर्षीय तुलबहादुर सारु र  ४३ वर्षीय सुनबहादुर पुलामी रहेको प्रहरीले जानकारी दिएको छ । 

 पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नम्बर ३ सखुवा भन्ने स्थानमा दिउँसो ५ बजे सुख्खा पहिरो खसेपछि उनीकहरुको पुरिएर मृत्यु भएको हो । 

बुलिङ्गटार गाउँपालिका वडा नं ३ को खसुवाटार र सिगुंवाको बीचमा रहेको पहिरो पन्छाउने क्रममा झरेको सुख्खा पहिरोले गर्दा उनीहरु पुरिएका थिए ।  मृत्यु हुने सबै बुलिङ्टार वडा नं ४ अर्खला ढुँग्रे गाउँका श्रमिक हुन । 

सडक निर्माणका क्रममा ७ जना मजदुरहरुले जालिमा ढुंगा भर्दै थिए । अकस्मात खसेको पहिरोमा परेका अन्य २ जनालाई भने प्रहरी र स्थानीयले उद्धारका थिए ।  हाल पुर्वी नवलपरासीको गैंडाकोटदेखि पाल्पाको राम्दीसम्म १ सय ३० कि.मि. सडक निर्माणको काम जारी छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *