२०८३ जेष्ठ २३ गते शनिवार

पूर्व सभामुख महराले फूलमालाले पत्नी सीतालाई अन्तिम विदाई गरे

तस्विर : डिल्ली मल्लको फेसबुकबाट

काठमाडौं, कात्तिक १९ । पूर्वसभामुख कृष्णबहादुर महराले पत्नी सीतालाई माला ओढाएर अन्तिम विदाइ गरेका छन् । ५७ बर्षीया सीताको कोरोनाका कारण बुधवार बिहान काठमाडौंको नर्भिक अस्पतालमा मृत्यु भएको थियो।

बुधवार नै सीताको शव नेपाली सेनाले पशुपति आर्यघाटमा व्यवस्थापन गरेको हो । जहाँ महराले पत्नीलाई फूलमाला लगाइदिएर अन्तिम विदाइ गरेका हुन । महरा परिवार बुधवार नै दाङ आउन थालेको छ । दाङ घोराहीस्थित छोरा एटमको घरमा काजकिरियाको काम गरिने भएको छ ।

एकाएक स्वासप्रश्सवामा समस्या उत्पन्न भएपछि महरा पत्नी सीतालाई कात्तिक १४ गते हेलिकोप्टर मार्फत काठमाडौं लगिएको थियो । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *