२०८३ असार १० गते बुधवार

बाल बिवाह न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम

तुलसीपुर,कात्तिक १८ ।  तुलसीपुर उपमहानगरपालिका वडा नं ४ बनहरीमा बाल बिवाह न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश नं ५ ले सञ्चालन गरेको बाल बिवाह न्यूनिकरण अभियान अन्तर्गत मंगलवार तुलसीपुर वडा नं ४ मा रहेको खाद्रे प्रहरी चौकी बनहरी स्थित बालसाहारा बोर्डिङ स्कुलमा एक कार्यक्रमको आयोजना गरि सचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रमम प्रहरी चौकी खाद्रेका इन्चार्ज दिनेश कुमार बिसीले बाल बिवाह गर्दा हुने शारिरीक तथा मानसिक समस्या र यसले भबिस्यमा पार्ने कठिनाइको बारेमा विद्यार्थीहरु लाई जानकारी दिएका थिए ।

कलिलो उमेरमा बिवाह गर्दा आफ्नो पढाई सगंसगै लक्ष्य पूरा नहुने भन्दै उनले बाल बिवाह गरे हुने कानुनी कारबाही र दण्डको बारे जानकारी दिए ।

कार्यक्रममा स्वागत मन्तव्य रानीघाट युवा क्लवका सचिव डिल्लीराज भुसालले मन्तव्य गरेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *