२०८३ जेष्ठ २३ गते शनिवार

बाँकेमा कोरोनाका कारण एक वडा सदस्यको मृत्यु

२४ घन्टा नवित्दै ४ जनाको मृत्यु


दाङ,कात्तिक १७ । बाँकेमा कोरोना संक्रमणबाट एक जना वडा सदस्यको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ की वडा सदस्यको मृत्यु भएको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । नेपालगञ्ज २ घरबारी टोल निवासी ६७ वर्षीया महिला वडा सदस्य शान्तिदेबी परियारको सोमवार विहान साढे बजेतिर भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

उनलाई कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो । त्यस्तै सोमवार बेलुकी दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी ५५ बर्षीय पुरुषको मृत्यु भएको फोलक पर्सन श्रेष्ठले जानकारी दिए । उनको कोहलपुर मेडिकल कलेजमा बेलुका पौने ६ बजेतिर मृत्यु भएको श्रेष्ठले बताए । ती पुरुषलाई आइतवार मात्रै अस्पताल भर्ना गरिएको थियो । सोमवार मात्रै रिपोर्ट पोजेटिभ आएको र रिपोर्ट आएको केही बेरमै उनको मृत्यु भएको श्रेष्ठले बताए । यसअघि तुलसीपुर ९ का अर्का एक ४८ बर्षीय कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु भएको थियो ।

उनको नेपालगञ्ज स्थित भेरी अस्पतलामा आइतवार राति सवा ११ बजेतिर मृत्यु भएको बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । त्यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ निवासी ७० बर्षीय कोरोना संक्रमित पुरुषको पनि आइतवार बेलुका मृत्यु भएको छ ।

२४ घन्टा नबित्दै बाँकेमा उपचाररत ४ जना संक्रमितको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । त्यसमा दूई जना दाङ तुलसीपुरका र दूई जना बाँके निवासी रहेका छन् । यो संगै बाँकेमा कुल ५६ जनाको कारोनाका कारण हालसम्म मृत्यु भएको छ । त्यसमध्य बाहिरी जिल्लाका २२ र बाँके जिल्लाका ३४ रहेका छन् । मृतक मध्य १९ महिला र ३७ पुरुष रहेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *