२०८३ जेष्ठ २९ गते शुक्रवार

बाँकेमा कोरोनाबाट ३ दिनमा ८ जनाको मृत्यु

नेपालगन्ज,कात्तिक १७ । बाँकेमा शनिबारदेखि सोमबारसम्म तीन दिनमा दुई ठूला अस्पतालमा उपचार गराइरहेका ८ संक्रमितको ज्यान गएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाँकेका ४, दाङका तीन र कैलालीका एक जनाको कोरोनाबाट मृत्यु भएको हो ।

४ जना, शनिबार ३ जना र सोमबार एकजनाको ज्यान गएको थियो ।
सोमबार बिहान १०ः३० बजे नेपालगन्ज उपमहानगरपालिका–२ की वडा सदस्य ६७ वर्षीया शान्तिदेवी परियारको निधन भयो ।

३ असोजमा कोरोना संक्रमण भएकी उनलाई स्वासप्रस्वास सम्बन्धी समस्या थियो । आइतबार चारजनाको कोरोनाबाट ज्यान गएको थियो ।

मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका ९ का ४८ वर्षका पुरुषको भेरी अस्पतालमा, बिहान साँझ ५ बजे भेरीमै नेपालगन्ज उपमहानगरपालिका १६ की ७० वर्षीया महिलाको, राति १ बजे कैलालीको टीकापुर नगरपालिका–१ का ६० वर्षका पुरुषको भेरीमै र साँझ ५ः३० बजे खजुरा गाउँपालिका–३ बीगाउँका ४० वर्षका पुरुषको पनि मृत्यु भएको थियो ।

शनिबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा दाङ घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुषको, तुलसीपुर उपमहानगरपालिका–१८ का ७० वर्षका पुरुषको दिउँसो २ स् ४५ बजे र नेपालगन्ज उपमहानगरपालिका २० की ६० वर्षीया महिलाको साँझ ५स्३० बजे मृत्यु भएको हो ।

योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुने संख्या ३४ र भने बाहिरी जिल्लाबाट उपचार गर्न आएका २१ गरी ५५ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *