२०८३ जेष्ठ २७ गते बुधवार

पूजाको प्रसाद खाँदा एकै गाउँका ४० बढी बिरामी

विराटनगर,कात्तिक १७ । मोरङको रंगेलीमा पुजाको प्रसाद खाँदा ४० जना स्थानीय बिरामी भएका छन् ।

रंगेली नगरपालिका ७ का पिन्टु दत्तको घरमा शनिबार लगाएको लक्ष्मी पूजाको प्रसाद खाँदा एकै गाउँका ४० जना बिरामी भएका हुन् ।

कोजाग्रत पूर्णिमाको दिन बङ्गाली समुदायले लक्ष्मी पूजा गर्ने र सो रात जागरम समेत बस्ने भएकाले त्यसदिन छरछिमेक भेला भएर दत्तले बाँडेको पूजाको प्रसाद खाएका थिए । प्रसाद खाने अधिकांश बिरामी भएको र उनीहरुको रंगेली अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

पूजाको प्रसाद खाएको २४ घन्टा नबित्दै प्रसाद खानेहरुलाई झाडापखाला सुरु भएपछि धमाधम अस्पताल आउन थालेको अस्पतालकी मेडिकल अधिकृत स्वेता मंण्डलले जानकारी दिइन् ।

मण्डलका अनुसार प्रसाद खाएकालाई ुफुड पोइजनु भएको र उनीहरुमा झाडापखाला, बान्ता, ज्वरो र पेट दुख्ने समस्या देखिएको छ । अहिलेसम्म सोही पूजाको प्रसाद खाएका ४० जना उपचारका लागि अस्पताल पुगेका छन् ।

अस्पतालमा अन्य बिरामीसहित ‘फुड पोइजन’का बिरामी समेत पुगेपछि अस्पतामा बेड अभावका कारण केहीलाई घरमा नै स्लाइन पानी चडाएको मण्डलले जानकारी दिइन् ।

 

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *