२०८३ जेष्ठ २४ गते आइतवार

युवा तथा किशोर किशोरी सम्बन्धि तालिम सम्पन्न

डिल्लीराज भुसाल,तुलसीपुर,कात्तिक १७ । तुलसीपुरमा युवा तथा किशोर किशोरी सम्बन्धि तालिम सम्पन्न भएको छ।

नेपालका युवा किशोरकिशोरीहरुमा परिवार योजना सेवा पहुँचमा वृद्धि परियोजनाको आयोजनामा सोमवार तुलसीपुरमा उक्त तालिम सम्पन्न भएको हो ।

परियोजना दाङका कार्यक्रम अधिकृत रेशम बिसीले तालिममा उपस्थिति किशोर किशोरीलाई युवा तथा किशोर अबस्थामा आउने परिवर्तन ,समस्या र ती समस्याको समाधानको बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा रानिघाट युवा क्लबकी कोषाध्यक्ष मनकुमारी बिक ,क्लबका सचिब डिल्लीराज भुसाल,सदस्य टीका पौडेल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

तालिममा रानिघाट युबा क्लबका २५ जना सदस्यको सहभागी रहेको थियो । कार्यक्रममा परियोजना दाङका कार्यक्रम सहायक हास्ता पुनले बिषय प्रवेश गराएकी थिइन ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *