दाङ,कात्तिक १७ । कोरोना संक्रमणका कारण नेपालगञ्जमा दाङका एक पुरुषको मृत्यु भएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका तुलसीपुर उपमहानगरपालिका(९ का ४८ वर्षीय पुरुषको आइतबार राति सवा ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्यमा समस्या आएपछि ४८ वर्षीय पुरुष कात्तिक १० गते भेरी अस्पतालमा भर्ना भएका थिए । भोलिपल्ट उनमा कोरोना पुष्टि भएको थियो ।
अस्पतालले रोगको प्रकृति अनुसारको उपचार गरे पनि उनको आइतबार राति मृत्यु भएको श्रेष्ठले बताए ।
यो सँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
