२०८३ जेष्ठ २४ गते आइतवार

सशस्त्र प्रहरीका सईको कोरोना संक्रमणबाट गयो ज्यान

काठमाडौं,कात्तिक १६ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक (सई) को निधन भएको छ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा सई नगेन्द्र खड्काको शनिबार निधन भएको हो।

अस्पतालको वार्डमा उपचाररत कोरोना संक्रमित सई खड्काको निधन भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले पुष्टि गरेका छन्।

प्रेसर र सुगर रोगको बिरामी खड्काको आईसीयूबाट वार्डमा सारिएको दिन निधन भएको अस्पताल प्रशासनले जनाएको छ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि लुम्बिनी अस्पतालबाट असोज २० गते सशस्त्र प्रहरी अस्पताल बलम्बु ल्याइएको थियो।

दैलेख घर भएका खड्का अर्घाखाँची गुल्ममा कार्यरत थिए।

काठमाडौँ उपत्यकामा कोरोनाबाट निधन हुने खड्का सशस्त्र प्रहरीका पहिलो कर्मचारी हुन्।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *