
दाङ, कात्तिक १५ । एकै दिन दाङका दूई जनाको कोरोनाका कारण मृत्यु भएको छ । बाँकेमा उपचारका क्रममा शनिवार तुलसीपुर र घोराहीका एक ÷ एक जना पुरुषको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ७० पुरुषको शनिवार दिउँसो नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।
शनिवार विहान मात्रै घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० बर्षीय पुरुषको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको थियो ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार तुलसीपुरका पुरुषलाई कात्तिक १३ गते अस्पतालमा भर्ना भएका थिए । १४ गते पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । शनिवार प्राप्त रिपोर्ट अनुसार उनलाई कोरोना संक्रमन पुष्टि भएको थियो ।
यो संगै बाँके जिल्लामा हालसम्म बाँकेमा ४९ जना संक्रमितको मृत्यु भइसकेको छ ।
जसमा बाहिरी जिल्लावाट उपचारका लागि लगिएका १९ जना र बाँके जिल्लाका मात्रै ३० जना रहेका छन् ।
