२०८३ असार ११ गते बिहिवार

डिजेल बोकेको ट्र्याक्टर दुर्घटना हुँदा जाजरकोटमा एक ज्यान गयो

जाजरकोट,कात्तिक १५ । जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

आज शनिवार बिहान सल्यानको सल्लीबजारबाट जाजरकोटको कुशे गाउँपालिका(६ का लागि छुटेको भे १ त ८३१४ ट्र्याक्टर जाजरकोटको छेडागाड नगरपालिका(१० को धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका रामबहादुर सिंहको ज्यान गएको प्रहरीले जनाएको छ ।

सल्ली बजारबाट स्थानीय उपभोक्ता समितिमार्फत निर्माण भइरहेको सडक निर्माणमा डोजरको लागि चाहिने डिजेल बोकेर गएको ट्र्याक्टर दुर्घटनामा परेको हो ।

जाजरकोटमा नेपाल आयल निगमको पेट्रोल पम्प नहुँदा सल्ली बजारबाट तेल ढुवानी गरिँदै आएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *