२०७७ मङ्सिर १७ गते बुधवार

काठमाडौंमा अज्ञात समूहको छुरा प्रहारबाट एकको मृत्यु

काठमाडौं, कात्तिक १४। काठमाडौंको धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा एक जनाको मृत्यु भएको छ ।

गोरखाका २४ वर्षीय आशिष मगरको छुराले लागेर मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार बिहान मृत्यु भएको हो ।

उनि टोखा नगरपालिका–५ धापासी बस्दै आएका थिए । छुरा प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *