२०७७ मङ्सिर १७ गते बुधवार

तुलसीपुरका कमारा विकको खुट्टा छिनाल्ने व्यक्तिको पहिचान

तुलसीपुर, कात्तिक १४ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी कमरा विकको खुट्टा छिनाल्ने दूई व्यक्तिको प्रहरीले पहिचान गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका मध्य दूई जनाले अभियोग स्वीकार गरेका छन् । उनीहरु मध्य एकजना तुलसीपुर १० पढ्ढा र अर्का तुलसीपुर १६ कुरहरिया निवासी रहेको स्रोतले फरककोणलाई बताएको छ । उनीहरु दुबै जना चौधरी समुदायका युवाहरु भएको जानकारी दिइएको छ ।

इलाका प्रहरी कार्यालय प्रहरीले शुक्रवार विहान ११ बजेपछि पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गर्ने जानकारी दिएको छ । ४५ बर्षीय विकमाथि दशैंको दिन राति तुलसीपुर १० गोलौरावाट घर फर्किने क्रममा घरेलु हतियारले सांघातिक आक्रमण भएको थियो । विक मध्यरातमा एउटा खुट्टा छिनालिएको र छटपटाई रहेको अवस्थामा फेला पारि प्रहरीले उद्धार गरेर अस्पताल पु¥याएको थियो ।

विकको दुबै हातमा समेत ठाउँ ठाउँमा गहिरो घाउ खतहरु रहेको छ । उनको हाल छिमेकी देश भारतको लखनउमा उपचार भइरहेको छ । विक उक्त दिन गोलौरीमा आफ्ना भान्जाको विहेभोज खाएर घर तर्फ फर्किदै थिए । घाइते विकले यसअघि आफुलाई चौधरी समुदायका युवाहरुले आक्रमण गरेको बताएका थिए ।
चार दिनको प्रयास पछि प्रहरीले विकमाथि आक्रमण गर्नेहरुको पहिचान गर्न सफल भएको हो ।

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *