२०८१ बैशाख ७ गते शुक्रवार

हुम्लाको सामुदायिक वनमा आगलागी

हुम्ला, कात्तिक १४ । हुम्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा आगलागी भएको छ ।

चेला वनबाट सुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको स्थानीयबासीन्दाले बताएका छन् । हिजो दिउँसोदेखि लागेको आगाे प्रहरी र स्थानीयबासिन्दाले बेलुका नियन्त्रणमा लिएका थिए ।

२०५२ सालदेखि संरक्षण गरेर राखेको सामुदायिक वनमा आगो लागेपछि लाखौँका सल्लो, धुपी, उत्तिसलगायत जडिबुटीका बिरुवा जलेर नष्ट भएका सिमकोट–४ का वडाध्यक्ष छविचन्द्र लामाले बताए ।

विभिन्न जातका वनस्पतिसँगै वनमा रहेका केही चराचुरुङ्गी, जङ्गली जनावरसमेत जलेर मरेका वडाध्यक्ष लामाले बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *