२०८३ असार १३ गते शनिवार

आज कोजाग्रत पूर्णिमा, दशैँ सकियो

काठमाडौं, कात्तिक १४।आज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ ।दशैँ आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका महालक्ष्मीको पूजा गरी जाग्राम बसेसँगै दुर्गापक्ष सकिन्छ ।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि सकिनेछ । बिहानै सम्पूर्ण जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ ।

कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने शनिबार रहेको जनाइएको छ । महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ ।

मध्यरातमा पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *