दाङ,कात्तिक १३ । बाँके नेपालगञ्जवाट प्रहरीले २९ लाख नगदसहित दश जुवाडेलाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ स्थित बसपार्क नजिकै रहेको एउटा जुवा अख्डामा छापा हानेर प्रहरीले गएराति २९ लाख भन्दा बढी रकमसहित उनीहरुलाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एसएसपी राजकुमार बैदवारले फरककोणलाई बताए ।
बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाको नेतृत्वमा गएको टोलीले बुधबार राति उनीहरुलाई पक्राउ गरेको स्रोतले बताएको छ । जुवाको खालबाट पक्राउ पर्नेमा नेपालगञ्ज र कोहलपुरका ठूला व्यवसायीहरु रहेको स्रोतले जानकारी दिएको छ । यो विषयमा जानकारी लिने प्रयास गर्दा बाँकेका प्रहरी अधिकारीहरु भने सम्पर्कमा आउन चाहेनन् ।
प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार