२०७७ मङ्सिर १७ गते बुधवार

जिल्ला प्रशासन कार्यालय सल्यान आजदेखि २० गतेसम्मका लागि सिल

दाङ, कात्तिक १३ । जिल्ला प्रशासन कार्यालय सल्यान कात्तिक १३ गतेदेखि २० गतेसम्मका लागि सिल गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बुधवार एक विज्ञप्ति मार्फत केही कर्मचारीलाई कोरोना पुष्टि भएपछि कार्यालय सिल गर्नु परेको जानकारी दिएका छन् ।

कार्यालयमा अत्यधिक भिडभाड हुने गरेको र त्यसले अन्य सेवाग्राहीमा समेत कोरोना संक्रमन हुन सक्ने संभावनलाई मध्यनजर गर्दै कार्यालय ८ दिनका लागि सिल गर्नु परेको लामिछानेले बताएका छन् ।

यो बीचमा शान्ति सुरक्षा, मुद्दाको सुनुवाई र बिपद व्यवस्थापन सम्बन्धी कार्य जारी रहने भएपनि नागरिकता लगाएत अन्य सबै सेवाहरु बन्द हुने लामिछानेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *